राजधानीमा आयोजित एक विशेष कविगोष्ठी

162

काठमाडौं /  कमला राजबहादुर सामाजिक गुठीले राजधानीमा एक विशेष कवि गोष्ठीको आयोजना सम्पन्न भयो । संस्थाका संरक्षक कमला कुँवरको सभापतित्व र वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त विशेष कवि गोष्ठीमा करिब डेढ दर्जन कवि एवम् कवियत्रीहरुले आआफ्ना कविता वाचन गरेका थिए । उक्त विशेष कवि गोष्ठीमा कविता वाचन गर्नेहरुमा भागीरथी श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ सरित, लक्ष्मी उप्रेती, अरुण नदी खत्री, ज्ञान उदास, चेतनाथ धमला, प्रा.डा. गार्गी शर्मा, ललिता दोषी, महेन्द्र गुुरुङ, विजयध्वज थापा, गोकुल अधिकारी, गोपीकृष्ण प्रसाई, द्वारिका कुईकेल, रश्मी रिमाल, श्रीराम राई, आश्मा अर्याल, कल्पना अधिकारी आदि रहेका थिए । उक्त विशेष कवि गोष्ठीका संयोजक लक्ष्मी उप्रेतीले गोष्ठीमा उपस्थित सबैलाई स्वागत गर्दै गुठीले विगतमा पनि यस्तै साहित्यिक कार्यक्रम गर्दै आएको जानकारी दिइन् । गोेष्ठीमा वाचित कविताहरुमाथि प्रा. रन्जुुश्री पराजुलीले समीक्षात्मक टिप्पणी गरिन् ।

गोष्ठीमा सहभागी भएर रचना वाचन गर्ने श्रष्टाहरुलाई प्रमुख अतिथि भागिरथी श्रेष्ठ र सभाध्यक्ष कमला कुँवरले सम्मानपत्र समर्पण गरेका थिए, कार्यक्रममा कमला राजबहादुर गुठीका संरक्षक राजबहादुर कुँवरको पनि उपस्थित रहेको थियो । गोष्ठीको संयोजक लक्ष्मी उप्रेतीले गुठीका संरक्षक राजबहादुर कुँवरलाई उपहार प्रदान गरेकी थिइन् । कमला राजबहादुर सामाजिक गुठीद्वारा आयोजनाा गरिएको उक्त विशेष कवि गोष्ठीको संचालन इन्द्रकुमार श्रेष्ठ सरितले गरेका थिए ।

प्रस्तुतिः अरुण नदी खत्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here