श्रृंखलाबद्ध बम बिस्फोट पछि हाई अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन

134

काठमाडौ, काठमाडौमा आइतबार श्रृंखलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा सुरक्षा निकायको आकस्मिक बैठक बोलाई तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई हाइअलर्टमा बस्न निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर हाइ अलर्टमा बस्न निर्देशन दिएका हुन् ।

उपत्यका भित्रै सिंहदरबार आसपासमा बम बिस्फोट हुँदा समेत सुरक्षा निकायले त्यसको संकेत समेत नपाएको भन्दै गृहमन्त्रालय, सुरक्षा निकाय र गुप्तचर निकायको चर्काे आलोचना सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here