काठमाडौं – काठमाडौ महानगरपालिका-२६ नयाँ बसपार्क बिजी मल अगाडि सडकमा बा.८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल सहित चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ अम्मरसिंह चोकस्थित सडकमा बा.९३ प ३३१० नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुर राधे-राधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।


















