नाकाबन्दीविरुद्ध हस्ताक्षर सङ्कलन

195

पर्वत, २१ असोज । जिल्लामा भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै गाउँगाउँमा हस्ताक्षर अभियान सुरु गरिएको छ । अभियानमा २७ हजार ५ सय हस्ताक्षर सङ्कलन भएका छन् ।

अनेरास्ववियु पर्वतले गत बिहीबारदेखि जिल्लाका गाउँ गाउँमा हस्ताक्षर अभियान सुरु गरिएको अनेरास्ववियुले जनाएको छ । एक सातासम्म जिल्लाका गाउँ गाउँमा पुगेर सङ्कलन गरिएका हस्ताक्षर पर्वतका प्रमुख जिल्ला अधिकारीमार्फत भारतीय दूतावासमा पठाइएको छ ।

विगत डेढ सातादेखिको नाकाबन्दीका कारण पर्वतमा खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थको अभाव भएको छ भने बजारमा खाद्यवस्तुको मूल्य आकासिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here