युरोपमा गुडियारानी सुहानाको मस्त अवतार (फोटोसहित)

196

काठमाण्डौं-  फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी सुहाना थापाले आफूलाई डेब्यू फिल्मबाटै ‘स्टार अभिनेत्री’ को रुपमा उभ्याएकी छिन् । यो फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे ।

 

पहिलो फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग बनाएकी उनलाई दर्शकले फेरि एकपटक ‘ए मेरो हजुर ३’ को जोडी अभिनेता अनमोल केसीसँग हेर्ने इच्छा व्यक्त गरेका छन् । स्रोतको भनाईलाई आधार मान्ने हो भने दुबैले दोस्रो पटक ‘ए मेरो हजुर ४’ वा ‘भागवत गीता’ मध्ये एक फिल्ममा सहकार्य गर्न सक्ने प्रवल सम्भावना छ ।

निर्देशक झरना थापा पनि एकपटक फेरि अनमोल र सुहानाको जोडी दोहोर्‍याउने मनस्थितिमा छिन् । तर, कुन प्रोजेक्टमा ? उनी आफैं अन्योलमा छिन् । उनी, अनमोल र सुहानालाई लिएर लामो समयदेखि थन्किएर बसेको ‘भागवत गीता’ बनाउने सोचमा छिन् । तर, वितरकले ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । उनी, आफ्नो निर्णयमा अडिक रहने वा वितरकको आग्रह टेर्ने, दोधारमा छिन् ।

गत शुक्रवार उनी छोरी सुहानालाई लिएर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि युरोप टुरमा निस्किएकी छन् ।

युरोप पुगे लगत्तै झरनाले आफ्नी ‘गुडियारानी’ सुहानाको आकर्षक तश्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’ तश्बिरमा सुहानाको अनुहारमा खुसी छल्किएको छ । उनलाई निकै सुन्दर पनि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here