रुघा लागेमा निर्धक्क भई खानुस् दही

371

काठमाडौं / प्रायः रुघा लागेको समयमा नाकबाट सिँगान बगि रहने, घरीघरी नाक बन्द भइरहने, घाँटी सुकिरहने, घाँटी दुख्ने हुन्छ । यसका अलवा टाउको दुख्ने र ज्वरो पनि आउलाआउला जस्तो भइरहने हुन्छ । यसको उपचारका लागि आफ्नै घरमा विभिन्न उपचारको माध्यम अपनाउन सकिन्छ । यसका साथै, दहीलाई भने पर राख्नुहुन्छ । तपाईं रुघा लाग्दा तातो पानी, अदुवा, मह मिसाएर पिउने गरिन्छ । हर्बल चियातिर हात बढाउनुहुन्छ । अधिकांश मानिसहरु रुघा लाग्दा तातो पिउने कुरालाई प्राथमिकता दिनुहुन्छ । रुघा लाग्दा दही खायो भने हानि गर्छ भन्ने कुरा हामी अझैसम्म पनि पत्याइरहेका छौं । तर हालै गरिएको एक अध्ययनले दाबी गरेको छ– रुघा (कमन कोल्ड) लाग्दा दही खायो भने रोग कम गर्न मद्दत पुग्छ ।

न्युट्रिसन रिसर्च फर दि नेसनल डेरी काउन्सिलका भाइस प्रेसिडेन्ट मिकी रुबिन भन्छन्, ‘कैयौं अनुसन्धानले रुघा लाग्दा दहीको प्रयोगले त्यसको लक्षण कम हुन जाने देखाएका छन् । दहीमा पाइने प्रोबायोटिक्सले इम्युनिटी अर्थात् रोगविरुद्ध लड्ने क्षमतालाई बढाइदिन्छ ।’’ उक्त अध्ययनबाट जब प्रोबायोटिक्सको जाँच गरियो, तब रुघाखोकीको गम्भीरताको समयावधिलाई घटाउने काम दहीले गरेको पाइयो । अध्ययन गर्दा विशेषखालको दहीका प्रयोगकर्तामाथि स्याम्प्लिङ गरिएको थियो । रेगुलर दहीमा जुनखालको ब्याक्टेरिया पाइन्छ, त्यसमा प्रोबायोटिक्स हुँदैन । क्लिनिकल ट्रायल गर्दा रेगुलर दहीका प्रयोगकर्तालाई राखिएको थिएन । तथापि, रेगुलर दहीले नै पनि मानवशरीरमा थुप्रै प्रकारका फाइदा पुर्याउँछ । कतिपय रेगुलर दही जमाउँदा फोहोर भएको हुन सक्छ । यस्तो कुरामा भने ध्यान दिनुपर्छ । अनावश्यक चिज वा रङहरुको प्रयोग गरिएको फोहोर भाँडोमा जमाइएको दही प्रयोग गर्नुुहुन्न ।

यसमा हुने जिङ्कले इम्युनिटी बढाउँछ । जिङ्कले नै रुघाखोकीको अवधिलाई कम गरिदिन्छ । यसरी फाइदा लिनका लागि दहीको प्रयोग अलि बढी नै गर्नुपर्ने हुन्छ । दहीमा कार्बोहाइडे«ट पनि हुन्छ । यसले ताकत दिन्छ र रुघाखोकीबाट पीडितलाई समस्याबाट छिटो छुट्कारा दिन मद्दत गर्छ । रगतमा रहेको इन्फ्लेमेट्री मार्कर्स दहीले कम गरिदिन्छ, जसका कारण रुघाखोकीको लक्षणसँग लड्न मद्दत पुग्छ ।

विशेषज्ञहरुका अनुसार मान्छेले रुघाखोकीसँग लड्न दहीमै निर्भर रहनु हुँदैन । तर हेल्दी डाइट’ सँग दही पनि खाने हो भने शरीरालई फाइदा हुन्छ । दही नरम हुने हुनाले सजिलोसँग शरीरमा प्रवेश गर्छ र पाचन पनि सहजै हुन्छ । आफूले खाएको खाना घाँटीबाट तल नभएको महसुस हुन्छ, घाँटी दुख्छ, नाकबाट निरन्तर सिँगान बहिरहेको छ भने पनि दही खाँदा बेफाइदा हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here