नेकपा-मालेको बैठकमा सत्तरी वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्न प्रस्ताव

189

काठमाडौं /  नेकपा-मालेको केन्द्रीय कमिटीको वैठकले २०७४ को स्थानीय, संघ, प्रदेशको निर्वाचनमा पराजय भएपछि पार्टी पराजय हुनको कारण र राजनैतिक वर्तमान अवस्था र पार्टीको रणनीतिक कार्यदिशाका बारेमा छलफल भएको जनाएको छ ।

पार्टीको नीति कार्यक्रम, कार्यन्वन गर्ने सवालमा र जिम्मेवारी वाँडफाँडमा भने सधै झै पुरानै प्रवृति हावी हुने गरेको र ७औं केन्द्रीय कमिटीको ११औं पुर्ण बैठकको छलफल, उपस्थिति, र केन्द्रीय सदस्यहरुले विषयहरु पनि त्यस्तै खालका पेश भएका छन् ।

– ७० वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्नुपर्ने प्रस्ताव
पोल्टीब्यूरो सदस्य एवं पूर्व मन्त्री खगेन्द्र प्रसाइले केन्द्रीय कमिटीको वैठकमा ७० वर्ष उमेर पुगेका पार्टीका नेताहरु सल्लाहकारमा बसेर युवाहरुको काँधमा पार्टीको जिम्मेवारी दिनुपर्ने प्रस्ताव ल्याएका छन ।

– पूर्णकालिन र अल्पकालिन वर्गीकरण गर्नुपर्ने प्रस्ताव
पोल्टीब्यूरो सदस्य एवं प्रदेश नम्बर ३ का सचिव कृष्ण रानाले पार्टीमा पूर्णकालिन र अल्पकालिन सदस्यहरुको वर्गीकरण गर्न प्रस्ताव पेश गरेका छन् ।

– रामेछापबाट सिक्न कार्कीको आग्रह
केन्द्रीय सदस्य तथा युवा नेता मोहन कार्कीले संगठन बनाउन जनताको काम गरेर विश्वास जित्न रामेछापबाट सिक्न आफ्नो अनुभव सहितको रिपोर्ट र प्रस्ताव पेश गरेका छन् । कार्की जन आकाश मिडिया प्र।लि।का अध्यक्ष तथा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा माले पार्टीको सबैभन्दा बढी मत ल्याएर चर्चामा रहेका केन्द्रीय सदस्य हुन । हिजो सम्म प्रदेशबाट आएका केन्द्रीय सदस्यहरुले प्रस्तावहरु पेश गरिसकेका छन् । विभागीय रिपोर्ट सकेपछि पार्टीको बैठकमा निर्णार्थ छलफलमा जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here