काठमाडौँ- सरकारले जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा।युवराज खतिवडाले जनाए ।
उनले बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६र७७ को वार्षिक बजेट प्रस्तुत गर्दै वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको जनाए ।
यसबाट देशभरका १३ लाख वृद्धहरु लाभाविन्त हुनेछन् । यसैगरी, लोपोउन्मुख, सीमान्तकृतहरुको भत्ता पनि एक हजार बढाएको अर्थमन्त्री खतिवडाले जनाए ।
अपाङ्गता, बिधवा लगायत ९ लाख व्यक्तिको भत्तामा मासिक १ हजार बृद्धि गरिएको पनि उनले जनाए ।


















