डच टोलीमा आयाक्सका ४ स्टार सम्मिलित

277

एजेन्सी / डच च्याम्पियन आयाक्सका ४ खेलाडीलाई समेट्दै नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगको लागि अन्तिम टोलीको छनोट भएको छ ।

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका कप्तान माथिस डे लिट, डेली ब्लिन्ड, भान डे बिक र फ्रान्की दे जोङ टोलीमा समेटिएका छन् । डे जोङले अर्को सिजनदेखि बार्सिलोनाको जर्सी पहिरिने पक्का भइसकेको छ । च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको लिभरपुलका भर्जिल भान डाइक र जिओर्जिनियो वाइनाल्डम पनि टोलीमा परेका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यनको टोलीले जुन ६ मा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । त्यसअघि जुन ५ मा पोर्चुगल र स्विटजरल्यान्डले पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानको प्लेअफ र फाइनल खेल जुन ९ मा हुनेछ ।

नेदरल्यान्ड टोली :
प्याट्रिक भान आन्होल्ट, नाथन आके, रायन बाबेल, डोनी भान डे बिक, स्टिभन बर्ग्विन, मारको बिजोत, डेली ब्लिन्ड, जास्पर सिलेसन, मेम्फिस डीपाए, भर्जिल भान डाइक, डेन्जेल डम्फ्राईज, हान्स हातेबोर, फ्रान्की डे जोङ, लुक डे जोङ, माथिस डे लिट, क्विन्सी प्रोमेस, डेभि प्रोपर, मार्टन डे रुन, केभिन स्ट्रुटमन, केनेथ भर्मिर, टोनी भिलेन्हा, स्टेफन डे भ्रिज, जिओर्जिनियो वाईनाल्डम

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here