काठमाडौं प्रभु बैंकले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ स्थित पुनर्वासमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा पुनर्वास न.पा.का नगर प्रमुख थापाले प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको जनाए ।
बैंकको पुनर्वास शाखा कार्यालयबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


















