आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

108

बर्दिया / बाँसगढी नगरपालिका-६ बस्ने २८ वर्षीय अम्मर थारुलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अम्मर र उनका बुवा ५५ वर्षीय ढोडे थारु बीच मादक पदार्थ सेवन गरी एकआपसमा हातपात हुँदा बाबु ढोडे थारुको मृत्यु भएको खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले अम्मरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here