विर्तामोडका होटलमा छापा, दुई होटल सञ्‍चालकसहित ११ जना पक्राउ

156

झापा / यौनजन्य गतिविधिमा संलग्‍न भएको आरोपमा बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका दुई होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका आठै जनालाई बिहीबार जिल्ला प्रशासन कार्यालय, झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौँकी प्रिया तामाङ, भक्तपुरकी पार्वती बराल, ताप्लेजुङका नविन कार्की, ताप्लेजुङकै तेन्जिङ शेर्पा, राजकुमार बुढाथोकी र सन्तोस लिम्बु, इलामका रतन तामाङ र भद्रपुर झापाका मनि कुमार राई रहेको प्रहरीले जनाएको छ।

यस्तै विर्तामोड, सुरूङा, झिलझिले लगायतका विभिन्न स्थानहरुवाट साइकल चोरी गरी वेच्ने गिरोह समेत इलाका प्रहरी कार्यालय, विर्तामोडवाट खटिएको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा तेतरिया–४ मोरङका विकाश पाण्डे, कन्काई–१ का छत्र खड्का र कन्काई–१ कै गोपाल सुन्दास रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here