ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा सम्झौता

71

 काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस संगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवनबीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बीमा संस्थान लि.को जीवनबीमा योजनाहरु खरिदगर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्तगर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४१ शाखारहित बैकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, यूएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्रयाउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here