आलोपालो प्रधानमन्त्री हुने कुरा अशोभनीय: वैद्य

231

रुपन्देही– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु पुष्पकमल दाहाल प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने जनाएका छन् ।

शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर, एकीकरण गरिसकेपछि आलोपालो के का लागि ?’ उनले प्रश्न गरे।

पार्टी एकीकरण भइसकेपछि सरकार आलोपालोमा चलाउने कुरा लज्जास्पद हुन्छ,’ उनले भने ।
कम्युनिष्टका नाममा बनेको केपी ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप उनले लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको जनाए ।

वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६र७७ को बजेटको आलोचना गरे । केही दिन अगाडि अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here