ग्लोबल आइएमई र राष्ट्रिय बिमा संस्थान बीच बिमा सेवा प्रदान गर्ने विषयमा सम्झौता

420

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बीच बिमा सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । यससँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकलाई जीवन बीमासम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत राष्ट्रिय बिमा संस्थानको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न
सकिनेछ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here