घोराही / धर्ना र सौडियारका महीलाहरुका लागि घोराही ७ सौडियारमा भोलि शनिवार विशेषज्ञसहीतको बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर हुने भएको छ ।
नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा सौडियार सामुदायिक सिकाई केन्द्र, घोराही उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय, सौडियार स्वास्थ्य चौकि र न्यु मोडर्न एकेडेमि सौडियारको संयोजन एंव दाङ देउखुरी इट्टा ब्यवसायि संघका अध्यक्ष रोम वलिको विशेष आर्थिक सहयोगमा सौडियारमा शिविर हुन लागेको हो । नेशनल प्याथ ल्याव घोराही र पन्थि डेण्टल घोराहीको प्राविधिक सहयोगमा विहान ८ बजेदखी मावि सौडियारका प्राङ्गणमा आयोजना हुने शिविरको एक कार्यक्रमकाविच उद्घाटन गरिने आयोजक संस्थाले जनाएको छ । परिवार नियोजन संघका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गर्ने स्वास्थ्य शिविरवाट स्त्री रोग सम्वन्धि उपचार तथा परामर्श, महीलाहरुको पाठेघरको मुखमा क्यान्सरको स्क्रिनिङ जाँच, परिवार नियोजन सेवा, दात सम्वन्धि उपचार तथा परामर्श सेवा, यौन रोगको उपचार परामर्श, प्याथोलोजि सेवा सहीत सम्पुर्ण सेवाहरु उपलब्ध गराइने नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक बसन्त खनालले जानकारी दिनु भयो ।
यसैवीच परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक बसन्त खनाल, सौडियार सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रशाद घिमिरे, सुचना संयोजक निशानदाजु भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर सौडियारमा आयोजित शिविरमा आएर स्वास्थ्य जाँच गराउन सबैलाई आग्रह गर्नु भएको छ । उहाँहरुले धर्ना र सौडियारका महीलाहरुलाई लक्षित गरेर आयोजित उक्त शिविरको तयारी पुरा भएको भन्दै शिविरको भरपुर सदुपयोग गर्न आग्रह गर्नु भएको हो ।


















