सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने नेता वामदेवको धारणा

66

प्युठान– नेकपा नेता वामेदव गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने र सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सो कुरा जनाएका हुन् । दुई दिन अघिमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता घोषणा अघि आफु र प्रधानमन्त्री ओलीबीच अढाई अढाई बर्ष प्रधानमन्त्री हुनेगरी लिखित सहमति भएकाले त्यो सहमति तोडिए कसैलाई राम्रो नहुने चेतावनी दिएका थिए ।

‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको छ । त्यही अनुसार सरकारको नेतृतव परिवर्तन हुन्छ’ गौतमको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here