धनुषामा हावाहुरीले लियो १ महिलाको ज्यान

89

धनुषा- हावाहुरीसङ्गै आएको वर्षाले धनुषामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हावाहुरीबाट सोही घरकी ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी छिन् । घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here