कार्यशैलीमा पारदर्शिता हुनुपर्दछः सूचना आयुक्त बास्कोटा

172

तुलसीपुर / सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले संघीयताको महसुस हुनेगरी हरेक पालिकाले पहिचान वनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले पालिकालाई कस्तो वनाउने भन्ने जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिको भएको भन्दै सृजनात्मक र जनमुखी योजनामा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

गाउँगाउँमा सिंहदरवारसँगै भ्रष्टाचार पनि गएको भन्ने जनताको गुनासो व्याप्त रहेको भन्दै उनले जनप्रतिनिधिले आफुहरुप्रति लागेको आरोपको व्यवहारले खण्डन गर्नुपर्ने कुरामा जोड दिए । ‘ कमाउने मौका यही हो भन्ने कुरा कतिपय जनप्रतिनिधिमा रहेको छ यसले जनतामा निराशा पैदा गरेको छ । ’ बाँस्कोटाले भने ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको पूर्व वजेट तथा योजना वारे अभिमुखीकरण कार्यक्रममा वोल्दै उनले जनताको सेवालाई जनप्रतिनिधिले पहिलो प्राथमिकता दिनुपर्ने वताए । जनतामा सुचनाको हकका वारे जानकारी राम्रोसँग नहुँदा अनियमितता र भ्रष्टाचार मौलाएको उनको भनाई थियो । जनप्रतिनिधिले लोकप्रियताका लागि ठूला ठूलो सपना वाँड्ने भन्दा पनि के काम गर्न सकिन्छ भन्ने वारेमा ध्यान दिएर काम गर्नुपर्ने उनको भनाई थियो । ‘धेरै ठूला सपना बाँड्ने भन्दा पनि साना साना व्यवहारिक र जनताको जीवनसँग जोडिएका कुरामा ध्यान दिनुपर्दछ’ मुख्य आयुक्त बाँस्कोटाले जनाए । कतिपय मानिसहरु पद पाएर गैर जिम्मेवार हुने गरेको वताँउदै उनले पदले मान्छेलाई थप जिम्मेवार वनाउने कुरा सुनाए । स्थानीय तहमा के सम्भावना छ भन्ने वारेमा ध्यान दिएर त्यसैको विस्तारलाई ख्याल गर्नुपर्दछ ।

हरेक पालिकाहरुले नमुना योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने भन्दै वाँस्कोटाले स्थानीय तहका आएको अधिकारका वारेमा स्वयम् जनप्रतिनिधि समेत अन्यौलमा रहेको वताए । ‘नेपालमा अहिले ३ वटा प्रधानमन्त्री रहेका छन्, एउटा केन्द्रमा अर्को प्रदेशमा र अर्को स्थानीय तहमा ’ वाँस्कोटाले भने । उनले स्थानीय तहको अधिकार खुम्च्याउने दाउँमा केन्द्र र प्रदेश लागेको वताउँदै स्थानीय सरकारले त्यसमा गम्भिर भएर ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

समृद्धिको पहिलो आधार उत्पादन भएको भन्दै वाँस्कोटाले कृषि नै पहिलो प्राथमिकता हुनुपर्ने भनाई राखेका थिए । ‘हामीले खेत वाँझो राखेर अन्यत्रबाट आएको उत्पादनले पेट भरिएला तर सिँगो राष्ट्र परिनिर्भरता तर्फ वढेर जान्छ ’ उनको भनाई थियो । पूर्व अर्थमन्त्री समेत रहेका वाँस्कोटाले हरेक पालिकाले पहिचानका लागि कुनै एक उत्पादनलाई प्राथमिकता दिएर अगाडि वढ्नुपर्ने कुरामा जोडि दिए । ‘हामीले माछा दिने होइन जाल दिने हो ’ बाँस्कोटाले भने ।

कार्यक्रमा विषय प्रवेश गराउँदै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई नमुना शहर वनाउने यात्रामा आफु लािगरहेको वताउँदै विज्ञहरुको सुझाव लिनका लागि कार्यक्रमको आयोजना गरिएको जनाए । कुनै पनि सहर स्मार्ट हुनका लागि त्यहाँका नागरिकहरु स्मार्ट हुनु्पर्ने उनको भनाई थियो ।

नेकपाका नेता टिकाराम खड्काले इच्छाशक्ति र योजनाले विकासलाई गतिदिने कुरामा जोड दिए । नेपाली काँग्रेस दाङ्गका सभापति किर्तिवहादुर खड्काले स्थानीय सरकारले काम भन्दा नारा वढि लगाएको आरोप लगाए । उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

यसैविच कार्यक्रममा उठेका विषयवस्तुलाई दस्तावेजीकरण गर्नका लागि गरिबी निवारण कोषका पूर्व निर्देशक नहकुल केसीको संयोजकत्वमा समिति समेत वनाइएको छ । जसको सदस्यमा सुष्मा गिरी, रुप वहादुर खत्री, कुन्ता भण्डारी र सदस्य सचिवमा प्रेस संयोजक वसन्त आचार्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here