सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

38

तनहुँ, १८ फागुन सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका -४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here