यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका लागि स्थानीय महिलाको पनि सहयोग लिने गरिएको छ । गाउँमा मानिसलाई थुन्न मिल्ने ठुलो पिँजडा बनाइएको छ, जसमा मापसेकर्तालाई रातभर थुनिन्छ । यस अतिरिक्त उसलाई एक हजार दुई सय रुपैयाँ जरिवानासमेत तिराइन्छ ।
अन्य गाउँमा पनि यही विधि अपनाइँदै
बाबु नायक भन्छन्, ‘मापसे गर्ने पतिका कारण घरमा कलह बढ्ने गरेको थियो, घरेलु हिंसा पनि हुन्थ्यो तर अब गाउँमा घरेलु हिंसाका घटनामा ९० प्रतिशतसम्म कमी आएको छ ।’ गाउँका कोही पनि मापसे गरेको अवस्थामा फेला परेमा उसलाई पिँजडामा एक रात राख्ने गरिएको उनले बताए । ‘हामी उसलाई प्रहरीसमक्ष जिम्मा लगाउँदैनौं,’ उनले भने, ‘सामुदायिक रुपमै उसलाई कारवाही गर्दछौं, रातभर पिँजडामा थुनेपछि उसले त्यस्तो गल्ती फेरि गर्दैन ।’
पिँजडामा थुनिएको व्यक्तिलाई रातभरका लागि एक बोतल पानीमात्र दिने गरिएको उनले जनाए । -नव भारत टाइम्सबाट


















