पेट्रोलियम पदार्थकाे मूल्य घट्याे

37

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।

भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो।

जसअनुसार काठमाडौंमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here