धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु

142

काठमाडौं- ललितपुरको धोबिघाटमा आइतबार भयानक दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान गुमाउने पत्रकार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा हुन् ।

उनले केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका थिए भने पछिल्लो समय कृषि सम्बन्धी युट्युब च्यानल ‘किसान’ सञ्चालन गरेका थिए । ललितपुरको गोदाबरी निवासी उनी लामो समयदेखि रेडियो पत्रकारको रूपमा सक्रिय थिए । उनी मोटरसाइकलमा सवार थिए ।

मृत्यु हुने अर्का व्यक्ति नुवाकोट जिल्ला, कुमारी–३ घर भएका चन्द्रमणि मुडभरी हुन् ।

प्रहरीकाअनुसार सुरुमा दुईवटा जिप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जिपमा अर्को एउटा कार र मोटरसाइकल ठोक्किन पुगेका थिए ।

तीनवटा गाडी र एउटा मोटरसाइकल एकै ठाउँमा ठोक्किँदा दुर्घटनास्थल डरलाग्दो देखिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै नजिकको मेगा अस्पताल पु¥याएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here