काठमाडौं / असन कोथुननि बचाउन र छयाँ सेन्टर विरुद्ध असन चोकमा वृहत हस्ताक्षर अभियान सुरु भएको छ ।
शनिवारदेखि शुरु भएको अभियानमा उल्लेखिय रुपमा सम्पदा प्रेमिहरुले हस्ताक्षर गरेको स्थानीय सजिब बज्राचार्यले जानकारी दिनु भयो ।
उपत्यकाका तिनै जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरको सम्पदा क्षेत्रमा हस्ताक्षर अभियान चलाउने संयोजक नमस्ते सायमीले जानकारी दिएको छ । हस्ताक्षर अभियानमा सम्पदा प्रेमी, स्थानीयवासी, सरोकारवाहरुसँगै सर्वसाधरण सबैले सहयोग गर्ने सायमीले विश्वास व्यक्त गर्दै १० हजार भन्दा बढि हस्ताक्षर संकलन गरिने योजना रहेको जानकारी दिनु भयो ।
राज्यले स्थानीय सम्पदा, गुठी घर, सम्पदा क्षेत्रमा विकासको नाममा हस्तक्षेप गरिरहेको सम्पदा अभियन्ताहरुको आरोप रहेको छ ।
असन घडी घर (कोथुननि) पनि ऐतिहासिक महत्व बोकेको सम्पदा भएको सायमीको धारणा रहेको छ । उनले भने, ‘कोथुननिमा पुस्तै पुस्ता देखि बस्दै आएको १४ परिवारले कोथुननिको महत्वलाई जोगाई राखेको छ तर आज अचानक गुठी संस्थान त्यहाँ व्यापरिक कम्पलेक्स बनाउन लालायित देखिएको छ ।’
यस अघि समितिले असन चोकमा सभासद, जनपप्रतिनिधि, सरोकारवालाहरुको बृहत उपस्थितीमा सभा गरेको थियो । सायमीका अनुसार ‘असन कोथुननिसँगै ठमेलको कमलपोखरी मासेर बनाएको छायाँ देवि कम्पलेक्सविरुद्ध पनि यो हस्क्षार अभियान भएको जानकारी दिए ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको कमल पोखरी मासेर व्यापापरिक कम्लेक्स छायाँ सेन्टर निर्माण भएदेखि यो विवादीत बनेको छ । सम्पदा अभियान्ताहरुले यसविरुद्ध यस अघि विभिन्न चरणको आन्दोलन गरिसकेको छन् ।




















