भनिन्छ स्वस्थ नै ठूलाे धन हाे । जीवनमा सधैं स्वस्थ रहन प्रत्यत्न गर्नु पर्छ । अस्तव्यस्त समयमा याेगा स्वस्थकाे दृष्टिकाेणले डाक्टरहरूले समेत अति उत्तम मानिएकाे छ । यस २१ शताब्दीमा झन युराेपमा तिर झनै चर्चित बन्दै गइरहेकाे छ । मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन तथा दैनिक रूपमा स्वथ रहनका लागि योग गर्न जरुरी छ । । तर, सही विधिअनुसार योग गर्न नसकिएमा फेरि शरीरमा साइड इफेक्ट हुन सक्छ। त्यसैले हामीले कुनै पनि योगासन गर्नुअघि योग प्रशिक्षकसँग त्यसबारे आधारभूत जानकारी लिदा उत्तम हुन्छ ।
सही समय : योग गर्नका लागि बिहान–साँझको समय उत्तम हुन्छ । बिहान खाना खानुअघि र बेलुकी खाना खानुअघि गर्नुपर्छ । खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुहुँदैन । खाना खाएको कम्तीमा तीन–चार घन्टापछि गर्नुपर्छ ।
श्वासप्रश्वासमा विशेष ध्यान : योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ । आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ । जति सचेत भएर गरिन्छ, त्यसले त्यति नै बढी फाइदा गर्छ ।
शारीरिक अवस्था : योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर गर्नु राम्रो हुन्छ । खासगरी, भर्खर शल्यक्रिया गरिएको मान्छेले योग गर्नुहुँदैन । अन्य स्वास्थ्य समस्या देखिएका मानिसले कुन योगासन गर्ने भनेर प्रशिक्षकसँग सल्लाह लिनुपर्छ । किनकि, सबै आसन सबैका लागि उपयोगी हुँदैनन् ।


















