१३ कम्पनीको अनुमतिको पर्खाइमा

35

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबन)मा आईपीओ तयारीमा १३ कम्पनीहरु रहेका छन् । इन्स्योरेन्स, हाइड्रोपावर र लघुवित्त गरी १३ कम्पनीको अनुमतिको पर्खाइमा बसेका हुन् । आईपीओ निष्कासन गर्न कम्पनीहरुले धेरै पहिला सेबनमा निबेदन दिएका थिए ।

आईपीओ निष्कासन गर्न लागेका कम्पनीहरुमध्ये ४ वटा कम्पनीहरुले प्रिमियममा आईपीओ निष्कासनका लागि बोर्डमा अनुमतिको लागि निवेदन दिएका छन् ।

यी हुन् आईपीओ निष्कासन गर्न अनुमति मागेका कम्पनीहरु 

१) मुक्तिनाथ कृषि कम्पनी लिमिटेड 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ निष्कसन गर्न २०७८ फागुन २० गते  सेबनमा निबेदन दिएको हो ।  कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

२) सोनापुर मिनिरल्स एण्ड आयल  लिमिटेड 

सोनापुर मिनिरल्स एण्ड आयल  लिमिटेडले ३ अर्ब २ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि गत असोज ४ गते सेवनमा निवेदन दिएको हो । यस कम्पनीले पनि प्रिमियरमा नै आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एन.आई.बि.एल.एस  क्यापिटल रहेको छ ।

३) रिलायवल नेपाल लाइफ इन्स्योरेन्स  

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपिओ) निष्कानका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले मंसिर १३ गते आईपीओ निष्कासनको अनुमति माग्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

४) सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी 

सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियर मूल्यमा आईपीओ निष्कासन गर्नका लागि चत ५ गते सेवनमा निवेदन दिएको हो । कम्पनीले ३ अर्व १५ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ  । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनआईबीएलएस क्यापिटलले गर्नेछ ।

५) कुथेली बुखरी हाइड्रोपावर

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि गत साउन ३२ गते बोर्डमा अनुमति मागेको हो ।

कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटल लिमिटेडले गर्नेछ ।

७) डिस मिडिया नेटवर्क (अन्य) 

डिस मिडिया नेटवर्क लिमिटेडले २ वर्ष पहिले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर अहिलेसम्म उसलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छैन । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गर्नका लागि २०७७ असार ३० गते बार्डमा निवेदन दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

५) हाथवे इन्भेष्टमेण्ट नेपाल 

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार आईपीओ निष्कासनका लागि चैत २५ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

६) ट्रेड टावर लिमिटेड 

ट्रेड टावर लिमिटेडले पनि आईपीओ निष्कासन गर्नका लागि सेवनमा असार १४ गते निवेदन दिएको छ । कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ बराबरको ११ लाख ५८ हजार किक्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।

७) नेपाल वेयरहाउस कम्पनी

नेपाल वेयरहाउस कम्पनी  लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस २२ गते  बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

१०) भिजन लुम्बिनी ऊर्जा कम्पनी 

भिजन लुम्बीनी ऊर्जा लिमिटेडले पनि ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार किक्ता आईपीओ निष्कासन गर्नका लागि फागुन २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

११) रिलाइन्स मिल्स

रिलाइन्स मिल्स  लिमिटेडले बुक बिल्डिङमा ७ लाख ७० हजार किक्ता आईपीओ निष्कासन गर्न गत असार ३१ गते सेकनमा निबेधन दिएको हो ।

१२) सर्वोत्तम सिमेन्ट 

सर्वोत्तम सिमेन्ट २४ लाख किक्ता आईपीओ बुक बिल्डिङमा निष्कासन गर्नका लागि गत असार २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

१३) अप्पर लोहरे हाइड्रोपावर 

अप्पर लोहरे हाइड्रोपावर कम्पनीले २४ करोड ९८ लाख रुपैयाँ बराबरको २४ लाख ९८ हजार किक्ता आईपीओ निष्कासन गर्न असोज १३ गते सेबनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनआईसी  एसिया क्यापिटलले गर्नेछ ।

१४) मन्दु हाइड्रोपावर 

मन्दु हाइड्रोपावर लिमिटेडले पनि ४० करोड ५८ लाख रुपैयाँ बराबरको १६ लाख ३६ हजार किक्ता आईपीओ निष्कासन गर्न गत पुष ११ गते सेबनमा निवेदन दिएको हो

१५) भगवती हाइड्रोपावर  

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १६ करोड ५८ लाख रुपैयाँ बराबरको १४ लाख किक्ता आईपीओ निष्कासन गर्न गत मंसिर ४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

१६) आइएमई आइफ इन्स्योरेन्स 

आइएमई लाइफ इन्स्योरेन्सले पनि प्रिमियममा आईपीओ निष्कासनका लागि फागुन २८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको १ करोड २० लाख किक्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्यूत, एकर्ड फार्मास्युटिकल्स लिमिटेड, मनकामना इनर्जिङ, मिड सोलु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, मनकामना इनर्जिङ र चिरख्वा हाइड्रोपावरले पनि आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

यी सबै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि निष्कासन तथा विक्री खुला गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here