नक्कली शरणार्थी प्रकरण छानविनमा राजनीतिक रङ दिएर उन्मुक्ति दिन नहुने

41

पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने जनाएका छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि जनाए ।

‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन,’ नेकपा एमाले नेता बस्नेतले भने ।

उनले उक्त प्रकरणलाई राजनीतिक रङ दिएर कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे ।

अर्को प्रसंगमा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्री बनाउने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको र त्यसमा एमालेले कदापि साथ नदिने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here