थाहा पाउनुहोस्, शरीरमा आवश्यक पानीको मात्रा कति चाहिन्छ ?

264

हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउँनु पर्छ । तर, थाहा हुँदाहुदै पनि हामी पर्याप्त मात्रामा पानी पिउदैनौँ । जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी कम हुनुको लक्षण देखाउन थाल्छ ।

शरीरमा आवश्यक पानीको मात्रा पुगे र नपुगेको यसरी थाहा पाउनुहोस्:

शरीरको वजन बढ्नु: शरीरको वजन बढ्दै जानाले तपाईंले पर्याप्त मात्रामा पानी पिइरहनु भएको छैन भन्ने जनाउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् ।

र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् ।

तपाईंले भोजन गर्नुअघि एकरदुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ ।

अपचको समस्या समाधान: तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । शरीरमा पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता पर्छ ।

दीर्घ कब्जियतरअपचको कारण नै पानीको कमी हो । पाचन क्रिया सहज बनाउन र कब्जियत-अपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु पर्छ ।

पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । पानी पिउँदा पनि कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

मुत्रनलीको संक्रमण: मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।

मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।

शरीरमा पानीको कमी हुनुको लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।

झर्किने र झन्किने: तपाईं जतिबेला पनि झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ ।

तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।

हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ ।

मांसपेशी बाउँडिने: मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् ।

तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।
विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् ।

हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ । डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा
भएको तरल पदार्थ-पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।

पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।

छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु: जाडो मौसममा छाला सुख्खा हुनु सामान्य हो । तर, यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने पानीको कमी भएर हुन सक्छ ।

त्यसैले यस्तो बेलामा पानी पिउँनु पर्छ । पानीको कमी भएपछि छालाले स्वाभाविक चमक÷सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

मुख सुक्नु र धेरै तिर्खा लाग्नु: शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी पिइहाल्नु पर्छ ।

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

टाउको दुख्नु: शरीरमा पानीको मात्रा कम हुनुको अर्को लक्षण टाउको दुख्नु हो । चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ ।

यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जाने हुन्छ । पर्याप्त पानी पिए पछि भने यी समस्या हट्ने गर्छ ।
नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ)का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो ।

साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

सधैं थकित: दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ ।

थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर, दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ ।

पानीको मात्रा कम हुदा शरीरमा लाग्ने रोगहरु:

पानीको मात्रा शरिरमा कम भए पछि देखिने अन्य रोग तथा समस्याहरु यस्ता छन् । यी समस्याहरु देखिएमा बुझ्नुहोस्, तपाईको शरिरमा पानीको मात्रा कम भएको हुन सक्छ ।

खराब मुड: शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने हुन्छ ।

शरीर चिसो बनाउछ : रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्धत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

आँखा धमिलो हुने र तिर्मिराउने: पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिरयाउने तथा काम गर्ने क्षमतामा ह्रास आउछ ।

टाउको दुखाई: चिकित्सकहरुका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुस सम्भवत टाउको दुखाई हराएर जान्छ ।

कब्जियत गराउछ: आन्द्रामा पचेका खानाहरु पास हुन शरीरमा पानीको जरुरी हुन्छ । तपाईँले यदि कम पानी पिउनु भएको छ भने आन्द्रामा भएका बस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउछ ।

सास गन्हाउने: हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौँ । कामको दौरान तपाईँले बोल्दा जब तपाईँका सहकर्मीहरु परपर सर्छन अनि मात्रै तपाईँलाइ महसुस हुन्छ कि तपाईँले पानी पिउनु भएको छैन र तपाईँको सास गन्हाई रहेको हुन्छ ।

शारीरिक क्षमतामा कमी: शरीरमा पानीको मात्रा कम हुँनासाथ तपाईँको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

सुख्खा छाला: छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रसस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यतिमात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नुपनि उत्तिकै जरुरी हुन्छ।

ड्राइभिङ क्षमतामा असर: फिजियोलोजी एण्ड विह्याभियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रुपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

थकान: शरीरमा पानीको मात्रा कम हुदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यतिमात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ ।

खाना खाँदा पानी पिउनु फाइदा कि बेफाइदा ?

मानिसहरू भन्छन् खाना खाँदा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । खानासँग पानी पिउनाले शरीरमा टक्सिन जम्मा हुन्छ । जसकारण मानिस बिरामी पनि पर्न सकिन्छ ।

खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ । खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन । त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ ।

तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन । खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।

के खानासँगै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक होलात ?

स्वास्थ्य विज्ञका अनुसार खानासँगै पानी पिउनाले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । वास्तवमा सबै खानेकुरा खाँदा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रक्रियामा सहयोग मिल्छ । विज्ञ भन्छन्– शरीरका लागि पानी निकै महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्न सकेसम्म पानी पिउनुपर्छ ।

डाक्टरका अनुसार कुनै पनि खानेकुरा खाँदा पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले बिल्कुल सुरक्षित छ । तर, सबै खानेकुरा खाइसकेपछि तुरुन्तै पानी पिउनबाट बच्नुपर्छ । शरीरमा भएको इन्जाइम ग्यास्टिक जुस, प्यांक्रियाज र अन्य केमिकलले खाना पचाउन सहयोग गर्छ ।

तर, खानापछि तुरुन्तै पानी पिउँदा यो सबै इन्जाइम पानीसँग मिलेर पाचन प्रक्रियामा बाधा पुर्याउँछ । साथै, शरीरमा भएको पोषण तत्वलाई पनि सही ढंगले काम गर्न दिँदैन ।

आयुर्वेद विज्ञका अनुसार खाना खाँदा सँगै पानी पिउनु स्वास्थ्यका लागि असरदार हुँदैन । तर, सबै खानेकुरा खानुअघि वा खाइसकेपछि तुरुन्तै पानी पिउनुहुँदैन । किनकि यसले शरीरको पाचन प्रक्रियामा असर गर्छ ।

खानासँगै पानी पिउनाले पेटमा भएको एसिड पनि पानीसँगै मिसिन्छ । र, यसबाट कब्जियतको समस्या दूर हुन्छ । यसबाहेक पेट पनि छिटै भरिन्छ । र, आराम पनि मिल्छ । जुन कुरा स्वाथ्यका लागि राम्रो हो ।

तर, खानासँगै पानी पिउनुको मतलब एकैपटक धेरै पानी पिउनुपर्छ भन्ने चाहिँ होइन । पटक–पटक गरेर एक गिलास पानी बिस्तारै पिउनुपर्छ । खाना खाएको करिब आधा घन्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ ।

किनकि हामीले खाएको खाना पचाउन शरीरलाई दुई घन्टा लाग्छ । जब खाना पाचन प्रक्रियामा रहेको हुन्छ, तब शरीरमा तरल र ठोस पदार्थको एक निश्चित अनुपात बनिरहनु आवश्यक हुन्छ । यदि हामीले खाना खाएपछि पानी पियौँ भने यो अनुपात बिग्रिन्छ ।

धेरैजसो डाक्टरहरू खाना खाएको आधा घन्टापछि मात्र पानी पिउन सल्लाह दिन्छन् । ३० मिनेटको अन्तरालमा शरीरमा अलग–अलग पाचन प्रक्रिया सुरु भइसकेको हुन्छ । त्यसपछि पानीले पाचन प्रक्रियामा कुनै प्रभाव पार्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here