दिल्लीका मेट्रो र बसमा महिलालाई निःशुल्क यात्राको सुविधा

60

दिल्ली /  भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले महिलाहरुको हितमा राख्दै ठूलो घोषणा गरेका छन् । उनले सोमबार जारी गरेको एक विज्ञप्तिमार्फत् आगामी २र३ महिनाभित्रमा लागूहुने गरी दिल्ली सरकारले उक्त घोषणा गरेको जनाएका छन् ।

उनले दिल्ली मेट्रो र डिटीसी क्लस्टर बसमा महिलाहरुका लागि निःशुल्क यात्राको सुविधा दिइने बताएका छन् । यही महिना २०–३० बसले सेवा सुरु गर्ने जनाएका केजरीवालले आगामी १ वर्षभित्र करिब ३ हजार बसबाट महिलाहरुलाई सेवा दिइने बताए ।

उनले सबै बसहरुमा क्यामेरा हुने पनि बताए । सक्षम महिलाहरुले भने टिकट खरिद गर्न चाहेमा खरिद गर्न सक्ने पनि उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here