सरकारविरुद्ध कडा आन्दोलनमा जाने म्यानपावर व्यवसायीको चेतावनी

138

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । त्यसै कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पारे ।

उनले सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनु परेको पनि जनाए ।

वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगारको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै संघका अध्यक्ष गुरुङले आक्रोश पनि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here