धादिङ / आफ्नै छोरीमाथि खुर्पा प्रहार गर्ने बुवा पक्राउ परेका छन् । १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका- १४ आमबोटे बस्ने बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफनै छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले बलरामलाई पक्राउ गरेको हो । घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको छ ।


















