नेकपा सचिवालय बैठकको एजेण्डा तय गर्न शीर्ष नेताबीच छलफल

97

काठमाडौं  /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताबीच छलफल भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल भएको हो ।

मंगलबारका लागि बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्न शीर्ष नेताबिच छलफल भएको हो । बैठकमा ७७ जिल्लामा पार्टीका इन्चार्ज तथा सहइन्चार्ज तय गर्नेबारे छलफल भएको जनाइएको छ ।

सचिवालयको बैठक मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज तय गर्ने बारे निर्णय हुनसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here