रौतहट / नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो भयो ।
उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको एैतिहासिक तत्कालिन परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखसुख, जन्म मृत्यु, भागेर विवाह गर्ने कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ । चलचित्रमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको साहित्यकार महर्जनले जानकारी दिनु भयो ।
उनले भने यस कृति तयार गर्न मात्र करिव २५ बर्ष समय लागेको जानकारी दिनुभयो । कुनै कृति प्रकाशन गर्न गार्हो नभएको तर गीति नाटक भाग्य प्रकाशित गर्न धेरै वर्ष लागेको कुरा सुनाउनु भयो । चलचित्रको रूप दिन मात्रै तीन वर्ष लागेको जानकारी दिनु भयो । उक्त चलचित्रको विशेष च्यारीटी सो गर्नका लागि काठमाडौंबाट भाग्य चलचित्रको लेखकद्धय महर्जनले स्वयं, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुबार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुग्नु भएको थियो ।
विशेष च्यारीटी सो मा प्रमुख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिहदनुवार, सागर हुमागाई, स्थानिय समाजसेवी कर्ण लामा, बिकिथापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगाएतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जीवनमा घट्ने यर्थाथ घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा मार्मिक तथा ऐतिहासिक रहेको प्रतिकृया दिनु भयो । चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा,अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ लगाएतको भुमिका लाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयशन प्रा. लि को ब्यानरमा सरिता महर्जनले निमार्ण गनुभएको हो ।




















