देशमा महाभूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

204

 काठमाडौं /  देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा हल्ला फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाण्डौले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै हल्ला फैलाएका थिए।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here