अब अस्पतालको सेवा सफ्टवेयर मार्फत

81

जाजरकोट- जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली (एचएमआइएस) जडान गरिएको छ ।

भेरी नगरपालिकाको ६ लाख रुपैयाँको सहयोगमा सो सफ्टवेयर जडान गरिएको हो ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भने, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।”

अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी नगरपालिकाले सक्रियता देखाएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here