एजेन्सी / चीनले प्रथमपटक समुन्द्रमा पानीजहाजबाटै रकेट प्रक्षेपण गरेको छ। ‘लङ मार्च ११’ नाम दिइएको रकेटलाई एल्लो सिुबाट प्रक्षेपण गरिएको च्यानल न्यूज एसियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
चीनको महत्वकांक्षी योजना अन्तर्गत रहेको यो रेकट चाँडै तैनाथ हुनेगरी बनाइनुका साथै मोबाइल लन्च साइटहरुको संचालनमा चल्ने जनाइएको छ । रकेट प्रक्षेपण हुँदा त्यसमा दूरसंचार कम्पनीका दुईवटा स्याटलाइटहरु रहेको जनाइएको छ । बेइजिङमा रहेको दूरसंचार कम्पनी ‘चाइना १२५’ को स्वामित्व रहेको स्याटलाइट बाट कम्पनीले विश्वमा डाटा नेटवर्किङ सेवालाई विस्तार गर्ने योजना बनाएको जनाइएको छ । चीनले अन्तरिक्षमा अर्को वर्ष आफ्नै स्पेस स्टेशन निर्माण गर्ने तयारी गरिरहेको छ।


















