विप्लव नेतृत्वको जनपरिषदबाट उपत्यकामै जग्गा कब्जा

194

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ।

नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको उक्त जग्गा कब्जा गरेको हो। चाँगुनारायण नपा २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ।

भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ। जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ।

जनपरिषदले सो जग्गा कब्जामा लिएको भन्दै विज्ञप्ति जारी गरेको छ। उक्त प्रेस विज्ञप्तिमा उक्त जग्गा कब्जा गरिएको उल्लेख गरिएको छ। कब्जा गरिएको उक्त जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ।

परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरसम्म पुगेर पत्र दिएका थिए। जग्गाधनी चन्द्रमायाका श्रीमान् पुण्यराम सुवालले सोमबार दिउँसो दुई जना आएर पत्र दिएको जानकारी दिए। नेकपाले दिएको खामबन्दी पत्रमा जग्गा कब्जा गरिएको प्रेस विज्ञप्ति रहेको थियो।

प्रेस विज्ञप्ती :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here