सर्पले टोकेमा के गर्ने, के नगर्ने ?

579

गर्मी मौसममा सर्पदंशका घटना निकै बढेको पाइन्छ । प्रायः नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।

के गर्ने ?

  • तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।
  • सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।
  • सर्प कस्तो थियो भन्ने पनि याद गर्नुपर्छ । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
  • टोकेको समय पनि ख्याल गर्नुपर्छ । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
  • कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नु पर्छ ।
  • आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।
  • सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

के नगर्ने ?

  • सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ त्यस कारण होशियार हुनु पर्छ ।
  • टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
  • टोकेको क्षेत्रमा बेस्सरी बाध्नु हुँदैन ।
  • टोकाईको पीडा बिर्सन रक्सी सेवन गर्नु हुँदैन । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
  • टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
  • एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर खानु हुँदैन । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
  • टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here