विश्वका दोस्रो र तेस्रो धनी व्यक्तिले रेष्टुरेन्टमा काम गरे (भिडियो)

238

एजेन्सी / विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्स माइक्रोसफ्ट छोडिसकेपछि पनि आरामले बसेका छैनन् । उनी किताबको सिफारिस गर्न र विश्वभरी स्वास्थ्य सेवा उत्कृष्ट बनाउन क्रियाशील रहेका छन् । यसका अलावा उनी विश्वकै तेस्रो धनी व्यक्ति वारेन्ट बफेटसँग मिलेर डेरी क्विनमा मिल्क चकलेट क्यान्डी ब्लिजार्ड बनाइरहेका छन् । बफेट बर्कसायर ह्याथावेका मुख्य कार्यकारी अधिकारी हुन् ।

गेट्सले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा उक्त फास्ट फुड बनाइरहेको भिडियो पोष्टमा उनले बफेटले भन्दा चाँडो मिल्कसेक बनाउन सिकेको जानकारीसमेत दिए । बफेट बर्कसायर ह्याथामेमार्फत् डेरी क्विनका मालिक हुन् । गेट्सले पोष्ट गरेको भिडियोमा यी दुईले एप्रोन र नेम ट्याग लगाएको देख्न सकिन्छ । भिडियोको सुरुमा नै उनीहरुले ‘रेडी टु वर्क’ अर्थात् काम गर्न तयार भनेका छन् । उनीहरुले आफूले बनाएको ब्लिजार्ड ग्राहकलाई दिँदै ठट्टासमेत गरेका छन् । यी दुईले मानिसको अर्डर लिए, बिल काटे, एउटा रेष्टुरेन्टमा जे जति काम हुन्छ लगभग सबै गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here