नेकपाद्वारा कार्यकर्तालाई कैलाली र कञ्चनपुरमा हावाहुरी पीडितको उद्दारमा खट्न निर्देशन

113

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा आज एक विज्ञप्तिमार्फत कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आउँदा २ जनाको मृत्यु र दर्जनौ घाइते भएकोमा दुःख व्यक्त गरेका छन् ।

बिहीबार साँझ ८ बजे  ‘जेठ २३ गते (बिहीबार) साँझ पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा आँधी–हुरीसहित असिना पानीको कारण २ जना नागरिकको दुःखद मृत्यु र दर्जनौं नागरिक घाइते भएको खबरले पार्टी दुःखी भएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा  पार्टीले मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकूल आफन्तजनप्रति सहानुभूति व्यक्त गरेको छ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्दै मृतकका परिवारलाई राहत, घाइतेहरुको नि:शुल्क उपचार र पीडितहरुलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ ।

प्राकृतिक प्रकोपलाई न्युनीकरण गर्न र उचित व्यवस्थापनको लागि पनि जनपक्षीय शासन प्रणाली आवश्यक रहेको जनाउँदै  यो पीडाको घडीमा सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारको काममा खट्न विज्ञप्ती मार्फत निर्देशन दिइएको छ ।

विज्ञप्तिको पूर्णपाठ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here