आफ्नै श्रीमतीमाथि इँटा प्रहार

99

कपिलवस्तु /  आफ्नै श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका-१ बुङ्ची बस्ने अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका अगमानले सामान्य बिवादको कारण गीतालाई इँटा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते गीताको प्रादेशिक लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here