धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आईतबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारसंगै घाइतेहरुलाई पनि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ थप रकम उपलब्ध गराउने निर्णय गरेको छ।
योसंगै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए।
यस्तै, बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापढण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको मन्त्री शाहले जनाए ।
मन्त्री शाहले हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको जनाए । उनले क्षतिको विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने जानकारी दिए।


















