के कारणले दुख्छ ढाड ?

953

दिनभरिको भागदौड तथा धेरै पटक उठबस गर्नाले पनि वयस्कलाई धेरै ढाड दुख्ने गर्दछ । त्यस्तै एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्नु, पटक पटक दायाँ बाँया घुम्ने, निहुरिने, सामान उठाउने, राख्ने, लामो समयसम्म उभिरहने गर्नाले पनि ढाड दुख्ने समस्या तीव्र हुने गर्छ ।

यस्तो समस्या बालबालिकाको तुलनामा वयष्कहरूमा धेरै हुने गर्छ ।

बाल्या तथा किशोरावस्थामा शरीर लचिलो हुन्छ । त्यसैले उनीहरूमा ढाड दुख्ने समस्या वयष्कको तुलनामा विरलै हुने गर्छ । तथापि गर्‍हौँ व्याग उठाउने, गलत तरिकाले सुत्ने, खेल्दा उफ्रँदा चोट लाग्नेजस्ता विभिन्न कारणले गर्दा पनि बालबालिकालाई ढाड दुख्ने समस्या उत्पन्न हुनसक्छ ।

त्यसबाहेक यी कारणले पनि ढाड दुख्नसक्छ स् मानसिक तनाव, डिप्रेसन वा बेचैनी, गर्भावस्था, लामो समयसम्म एकै ठाउँमा बसेर गर्ने काम, धूम्रपान, मदिरापान, समयमा नसुत्नु, मोटोपना, अत्यधिक शारीरिक श्रम

यी कारणहरूले ढाड दुखेमा विभिन्न उपाय अपनाएर पनि ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । ढाडको दुखाईलाई समयमै घरेलु उपचारको प्रयोग गरेमा पनि निको हुन सक्छ ।

घरेलु उपचार विधीले कुनै साइडइफेक्ट गर्दैन । त्यस्तै, घरेलु उपचार विधी सस्तो, सुलभ हुनुका साथै दिर्घकालिन हुन्छ । घरेलु उपचार विधीले अरु औषधीको तुलनामा ढिलो काम गरेपनि प्रभावकारी र शरीरलाई कुनै हानी नगरी उपचार गर्छ ।

लसुनको रस, कागतीको रस र पानी मिलाउनुहोस् । यो मिश्रणलाई दिनको दुई पटक नियमित पिउने गर्नुहोस् । त्यस्तै अदुवाको रसमा घ्यु मिसाएर नियमित खानुहोस् ।

अदुवाको धुलोमा पानी मिलाउनुहोस् । त्यसलाई लेप जस्तो बनाउनुहोस् । त्यो लेपलाई दुखेको कम्मरको भागमा लगाउनुहोस् । यो विधी नियमित रुपमा गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here