काठमाडौं / ‘फानी’का कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ ।
मौसम विभागले यूपीमा दुईदेखि तीन दिनसम्मको फानी चक्रवातको अलर्ट जारी गरेको छ । उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ । १ सय ७५ देखि २ सय ५ किमि प्रतिघण्टाको गतिमा अगाडि बढी रहेको फानीले उडिसामा ठूलो क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।
यसैबीच, आँधीको खतरालाई ध्यानमा राख्दै सुरक्षा बललाई उच्च सर्तकतामा राखिएको छ । तटीय क्षेत्रमा रहेका ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मौसम विभागले फानीलाई अहिलेसम्मकै शक्तिशाली चक्रवात हुन सक्ने जनाएको छ । उडिसामा यसअघि सन् १९९९ मा आएको सुपर साइक्लोनका कारण दश हजार मानिसको मृत्यु भएको थियो ।
फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको छ ।
महाशाखाका अनुसार जसका कारणा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।
















