आत्महत्या गर्न लागेका युवकको उद्धार

24

काठमाडौं । मोटरसाइकल किनेको २८ हजार रुपैयाँ तिर्न नसक्दा आत्महत्या गर्न लागेका एक युवकलाई राजधानीको ताहाचलबाट प्रहरीले बचाएको छ।

मोरङ अटो वर्क्सले २८ हजार रुपैयाँ नतिरे मोटरसाइकल लैजाने र घर पनि लिलाम गर्ने धम्की दिएको ती युवकले फेसबुक लाइभमा बताएका थिए। उनले आत्महत्याको प्रयास गर्दै गर्दा काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई जीवितै उद्धार गरेको थियो।

उनले २ वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको  रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको लाइभमा बताएका थिए। अहिलेसम्म ४ लाख ५४ हजार रुपैयाँ तिरिसक्दा पनि १० गते (भोलि) सम्म २८ हजार रुपैयाँ नबुझाए बाइक पनि लैजाने र घर पनि लिलाम गर्ने धम्की मोरङ अटो वर्क्सले दिएको उनले लाइभमा बताएका थिए।

काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले आत्महत्या गर्नै लाग्दा उनलाई ताहाचलबाट जीवितै उद्धार गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here