एकनाले भरूवा बन्दुक बरामद

3

 

प्युठान । नौबहिनी गाउँपालिका-७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान र सोही गाउँपालिका-७ स्याउले डाँडाखर्कस्थित ढुङ्गाको ओडारबाट एकनाले भरूवा बन्दुक ४ थान सोमबार बिहान प्रहरीले बरामद गरेको   छ ।

प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here