आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

1

 

काठमाडौं ।संखुवासभा, चैनपुर नगरपालिका-३ तीनखोप्रे बस्ने ५३ वर्षीय प्रेम बहादुर कटुवालको मतान र गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

खोटाङ, केपिलासगढी गाउँपालिका-४ खत्रीगाउँ बस्ने बागवीर राईको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here