रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड

73

कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका खोटाङ्ग जिल्ला केपीलासगढी गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको आइपीओ जेठ १ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत चैत २३ गतेदेखि वैशाख २४ गतेसम्म आइपीओ निष्काशन गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आइपीओ बाँडफाँड गरेको हो । आइपीओ रिजल्ट सम्बन्धी जानकारी बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट जततउकस्ररधधध।उचबदजगअबउष्तब।िअयmरकजबचभ(बिियतmभलत  मार्फत हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here