१६ अंकले घट्यो नेप्से

81

काठमाडौं / अघिल्लो साताको तुलनामा यो साता पूँजीबजार साढे १६ अंकले घटेको छ। साताको कारोबार शुरु गर्दा १ हजार २ सय १३ दशमल शून्य ६ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक० साताको कारोबारको अन्तिम दिनसम्म आइपुग्दा १ हजार १ सय ९६ दशमलव ४१ अंक कायम भएको छ। साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६१ अंकले घटेको छ। अघिल्लो बिहीबार २ सय ६३ दशमलव ७० अंकमा रहेको सेन्सेटिभ इन्डेक्स यस बिहीबार २ सय ६१ दशमलव २४ अंक कायम भएको छ।

साताको अन्तिम दिन बिहीबार मात्र नेप्से परिसूचक १ दशमलव ३३ अंकले घटेको छ। बिहीबार १ सय ७० वटा कम्पनीको ५ हजार ६ सय कारोबार बाट ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ र विकास बैंक समूह बाहेक बाँकी सबै समुहको उपसुचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समुहको उपसुचक ५० दशमलव २४ अंकले घटेको छ। आजको कारोबारमा सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा युनाईटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ४१ प्रतिशतले गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here