७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

35

काठमाडाैं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार पाँच सय १२ जनाको नमुना परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण घट्दै गएकाे छ । तीन दिनयता दैनिक सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या सयभन्दा तल छ ।

हिजाे साेमवार ९१, अस्ति आइतवार ५९ र गएकाे शनिवार ६३ जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे ।    यसैबीच थप एक सय ६० जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय १९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here